विदेश

पाकिस्तानद्वारा पाकभ्याक नामक कोरोनाविरुद्धको खोप सार्वजनिक

हिमालय टिभी
२०७८ जेठ १९ गते १७:०४
पाकिस्तानद्वारा पाकभ्याक नामक कोरोनाविरुद्धको खोप सार्वजनिक

१८ जेठ २०७८ काठमाडौं । पाकिस्तानले तयार पारेको पाकभ्याक नामक कोरोनाविरुद्धको खोप सार्वजनिक गरेको छ ।

यो भ्याक्सिन पाकिस्तानले चीनको सहयोगमा तयार पारेको हो । भ्याक्सिन सार्वजनिक गर्दै पाकिस्तानका केन्द्रीय योजना मन्त्री असद उमरले चिनियाँ सहयोगी र भ्याक्सिन विकासमा संलग्न पाकिस्तानी स्वास्थ्यकर्मीको समूहलाई धन्यवाद दिएका छन् ।

उनका अनुसार केही दिनमै ठूलो परिमाणमा भ्याक्सिनको उत्पादन शुरू हुनेछ । चिनियाँ सरकारी फर्मास्युटिकल कम्पनी क्यान्सिनोको मद्दतमा पाकिस्तानले भ्याक्सिनको विकास गरिएको हो ।

यो भ्याक्सिनका लागि चीनबाट कन्सन्ट्रेटेडरुपमा पाकिस्तान ल्याइ इस्लामावादस्थित नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच)मा प्याकेजिङ गरिनेछ ।

पाकिस्तानका मन्त्री उमरले भ्याक्सिनको उत्पादनलाई क्रान्तिकारी उपलब्धिका रुपमा लिएको बताए । पश्चिमा भ्याक्सिनको तुलनामा आफ्ना नागरिकले चिनियाँ भ्याक्सिनलाई प्राथमिकता दिएको उनको भनाई छ ।

उमरका अनुसार सरकारले आफ्ना नागरिकको प्राथमिकता थाहा पाउन भ्याक्सिनसम्बन्धी सर्वेक्षण गराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *