विदेश

केवलकार दुर्घटना हुँदा एक बच्चासहित १४ जनाको मृत्यु

हिमालय टिभी
२०७८ जेठ १० गते ९:०८
केवलकार दुर्घटना हुँदा एक बच्चासहित १४ जनाको मृत्यु

१० जेठ २०७८ इटाली । इटालीको उत्तरी क्षेत्र स्थित माजोरे ताल नजिकैको पहाडमा केवलकार दुर्घटना हुँदा कम्तिमा१४ जनाको मृत्युभएको छ ।

स्ट्रेसा बजारबाट यात्रुलाई पिड्मोन्ट क्षेत्रको मोतारोनी माउन्टेन लैजाने क्रममा केवलकार दुर्घटना भएको हो । केवलकार वन क्षेत्रमा काटिएका रुखमाथि खसेको हो ।

ज्यान गुमाउनेमा पाँचजना इजारायली रहेका छन् ।पाँच र ९ वर्षका दुई बच्चालाई विमानबाट उद्धार गरी तुरिनस्थित अस्पताल लगिए पनि ९ वर्षको बच्चाको च्यान गएको हो ।

केवलकार झण्डै २० मिटर तल जमिनमा खसेर ओरालोमा गुड्किएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *