विदेश

भारतीय भेरियन्ट लेखिएका पोस्टहरु सामाजिक सञ्जालबाट हटाउन निर्देशन

हिमालय टिभी
२०७८ जेठ ९ गते ८:५७
भारतीय भेरियन्ट लेखिएका पोस्टहरु सामाजिक सञ्जालबाट हटाउन निर्देशन

९ जेठ २०७८ नयाँ दिल्ली । भारत सरकारले कोरोनाको भारतीय भेरियन्ट लेखिएका र यसप्रति संकेत गरिएका सबै पोस्टहरु सामाजिक सञ्जालबाट हटाउन सम्बन्धित कम्पनीलाई निर्देशन दिएको छ ।

भारत सरकारको सूचना प्रौद्योगिकी मन्त्रालयले विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको बी.१.६१७ भेरियन्टलाई भारतीय भेरियन्ट नभनेकाले यसलाई भारतीय भेरियन्ट भन्न नमिल्ने तर्क गर्दै यस्ता पोस्टहरु हटाउन निर्देशन दिएको हो ।

कोरोना भाइरसको भेरियन्टलाई सबैभन्दा पहिले कहाँ भेटियो त्यसको आधारमा भेरियन्टको नाम दिने गरिन्छ । जस्तो कि ब्रिटानी भेरियन्ट र ब्राजिलमा देखिएको भाइरसको भेरियन्टलाई पनि स्थानीय नाम दिइएको थियो ।

पछिल्लो महिना भारत सरकारले सामाजिक सञ्जाल कम्पनीहरुसँग कोरोना महामारीबाट मुक्त हुनको लागि सरकारको आलोचना गरिएको पोस्ट हटाउन भनेको थियो ।

समाचार एजेन्सी पीटीआईका अनुसार आदेशमा भनिएको छ–कम्पनीहरुले आफ्नो प्लेटफार्मबाट ती सबै कन्टेन्टलाई तुरुन्त हटाऊन्, जहाँ कोरोना भाइरसको भारतीय भेरियन्टको नाम प्रयोग गरिएको छ वा भारतीय भेरियन्टतर्फ इसारा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *