अमेरिकामा लगाए ८ करोड १६ लाख बढीले कोरोनाविरुद्धको खोप

९ जेठ २०७८ न्युयोर्क । अमेरिकामा अहिलेसम्म कोरोना भाइरसविरुद्ध ८ करोड १६ लाख जनाले खोप लगाइसकेका छन् ।
त्यहाँ पूर्ण खोप लगाउनेको संख्या ३८ प्रतिशत पुगेको छ भने खोपको एक मात्रा लगाउने ४९ प्रतिशत छन् । अहिलेसम्म २८ करोड १५ लाख ९५ हजार भन्दा बढीले कम्तिमा एक खोप लगाइसकेका छन् ।
अमेरिकाको कूल जनसंख्या ३३ करोड १४ लाख छ भने ३५ करोड ४९ लाख खोप आपूर्ति भै सकेको सरकारी अधिकारीले बताएका छन् । अमेरिका कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश हो ।
पछिल्लो पटक त्यहाँ करिब १८ हजार जना संक्रमित थपिंदा ४ सय ५४ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमित हुनेको संख्यामा विगत दुई हप्तामा ३८ प्रतिशतले कमी आएको अमेरिकी स्वास्थ्य मन्त्रालयले बताएको छ ।
त्यहाँ हालसम्म ६ लाख बढीको संक्रमणका कारण मृत्यु भैसकेको छ भने दुई साता यता मृत्युदर १४ प्रतिशतले घटेको छ ।
अहिले ३० हजार ७ सय बढी संक्रमित उपचाररत छन भने अस्पताल भर्ना हुनेको संख्या समेत २२ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया