विदेश
भारतको विभिन्न राज्यमा कालो ढुसीलाई महामारी घोषणा गरियो
२०७८ जेठ ८ गते ९:०३
८ जेठ २०७८ नयाँ दिल्ली । भारतको विभिन्न राज्यमा ब्ल्याक फङ्गसलाई महामारी घोषणा गरिएको छ ।
भारतको राजधानी दिल्ली, महाराष्ट्र, राजस्थान, उत्तरप्रदेश, गुजरात, झारखण्ड लगायतका विभिन्न राज्यमा कालो ढुसीको सङ्क्रमणको दर बढ्दै गएपछि महामारी घोषणा गरिएको हो ।
भारतमा हालसम्म कालो ढुसीको सङ्क्रमणका कारण ७ सयभन्दा बढी सङ्क्रमित भइसकेका छन् भने २ सयभन्दा बढीको मृत्यु भइसकेको छ । सबैभन्दा बढी दिल्ली र महाराष्ट्रमा सङ्क्रमण फैलिएको छ ।
भारतमा पछिल्लो समय कोरोना सङ्क्रमणपछि निको भएकाहरुमा यो समस्या तीव्र गतिमा फैलिन थालेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
केन्द्र सरकारले पनि यदि कालो ढुसीको सङ्क्रमण नियन्त्रणभन्दा बाहिर गयो भने देशव्यापी रुपमा महामारीको घोषणा गर्ने बताएको छ ।
प्रतिक्रिया