आज र भोलि द भ्वाइस अफ नेपाल सिजन–३ को नयाँ श्रृंखला प्रशारण नहुने

७ जेठ २०७८ काठमाडौं । हिमालय टेलिभिजनले उत्पादन तथा प्रसारण गरिरहेको द भ्वाइस अफ नेपाल सिजन थ्रीमा आज र भोलि नयाँ श्रृंखला प्रशारण नहुने भएको छ ।
भ्वाइस अफ नेपालको ब्याटल राउण्ड समाप्त भई नकआउट राउण्डमा प्रवेश गरेको छ । जस अनुसार आज नकआउट राउन्ड प्रशारण हुनु पर्ने थियो ।
तर कोरोना महामारीको दोस्रो लहरका कारण केही समययता लकडाउनको अवस्था रहेको र कार्यक्रम उत्पादनमा संलग्न केहीमा कोरोना संक्रमण देखिएका कारण यो साता नकआउट राउण्डका नयाँ श्रृङ्खला प्रशारण नहुने हिमालय टेलिभिजनले जनाएको छ ।
हिमालय टेलिभिजनले यसबाट पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै आगामी हप्तादेखि नकआउट राउण्डका श्रृङ्खलाहरु नियमित प्रशारणका लागि प्रयास गर्ने जनाएको छ ।
नक आउट राउन्ड प्रशारण नभए पनि अहिले ८ बजेपछि भ्वाइस अफ नेपालको अफ ब्लाइन्ड अडिसनका उत्कृष्ट प्रस्तुतीहरु बेष्ट अफ ब्लाइन्ड अडिसन प्रशारण हुनेछ ।
प्रतिक्रिया