विदेश

गाजा क्षेत्रका विषयमा इजरायल र प्यालेस्टाइनबीच युद्धविराम

हिमालय टिभी
२०७८ जेठ ७ गते ८:०८
गाजा क्षेत्रका विषयमा इजरायल र प्यालेस्टाइनबीच युद्धविराम

७ जेठ २०७८ इजरायल । गाजा क्षेत्रको विषयलाई लिएर द्वन्द्वरत इजरायल र प्यालेस्टाइनबीच युद्धविराम भएको छ ।

दुई देशबीचको सहमतिअनुसार स्थानीय समयअनुसार आज बिहानदेखि युद्धविराम सुरु भएको बीबीसीले जनाएको छ । इजिप्टको प्रस्ताव अनुसार युद्धरत दुई देशले युद्धविरामको सहमति गरेका हुन् ।

थप वार्ताका लागि इजिप्टले इजरायल र प्यालेस्टाइनमा प्रतिनिधिहरु पठाउने बताइएको छ । प्यालेस्टाइनले केही दिनदेखि युद्धविरामको पहल गरिरहे पनि इजरायलले मानेको थिएन । अहिले पूर्वसर्त बिना युद्धविरामका लागि इजरायलले सहमति जनाएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धविरामप्रति खुशी व्यक्त गर्दै इजरायलले आफ्नो सुरक्षाका अधिकार प्रयोग गर्नेमा विश्वास रहेको बताएका छन् । युद्धवसराम गराउन बाइडेनले पनि पटक पटक पहल गरेका थिए ।

दुई देशबीच जारी युद्धका क्रममा प्यालेस्टाइनको गाजा क्षेत्रमा कम्तीमा दुई सय २७ जनाको मृत्यु भएको छ ।

यस्तै हमासको आक्रमणबाट इजरायलतर्फ १२ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ । दुवैतर्फ ठूला भवन लक्षित रकेट तथा हवाई आक्रमणहरु भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *