विदेश

गाजा क्षेत्रमा युद्धविराम गराउन अमेरिकी राष्ट्रपतिको पहल

हिमालय टिभी
२०७८ जेठ ६ गते ७:५७
गाजा क्षेत्रमा युद्धविराम गराउन अमेरिकी राष्ट्रपतिको पहल

६ जेठ २०७८ काठमाडौं । गाजामा युद्धविरामबारे अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतन्याहुबीच फेरि कुराकानी भएको छ ।

गाजामा इजरायल र प्यालेष्टाइन विद्रोही हमासबीच संघर्ष शुरु भएयता बाइडेन र नेतन्याहुले चौथो पटक टेलिफोन कुराकानी गरेका हुन् । युद्धविराम वा युद्ध कमबारे आफूले नेतन्याहुबाट तत्कालै महत्वपूर्ण कदमको आशा राखेको बाइडेनको भनाइ छ ।

त्यस्तै युद्धविराम गर्न सहमतिको मार्ग खोज्नुपर्नेमा बाइडेनले जोड दिएको ह्वाइट हाउसले जनाएको छ ।

उता आफ्ना नागरिकको शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म कारवाही जारी राख्ने नेतन्याहुले बताएको इजरायली सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

अमेरिका, इजरायलको एक कट्टर सहयोगी राष्ट्र हो र अहिलेसम्म द्वन्द्व सम्बन्धी संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा इजरायलमाथि संयुक्त विज्ञप्तिको विरोध गर्ने गरेको छ । गाजामा इजरायल र हमासबीचको लडाईं दशौं दिनसम्म जारी रह्यो ।

यसैबीच इजरायलले लेबनानमाथि पनि जवाफी हवाई आक्रमण गरेको छ । लेबनानले इजरायलमा चार वटा रकेट आक्रमण गरेको थियो ।

यसको जवाफमा आफूले पनि आक्रमण गरेको इजरायलले जनाएको छ । बढ्दो जवाफी कारवाहीकाबीच गाजामा तत्कालै युद्धविराम हुने अवस्था नरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *