विदेश

कोरोना संक्रमणबाट भारतमा एकैदिन ४ हजार ५ सय २५ जनाको मृत्यु

हिमालय टिभी
२०७८ जेठ ५ गते ८:०१
कोरोना संक्रमणबाट भारतमा एकैदिन ४ हजार ५ सय २५ जनाको मृत्यु

५ जेठ २०७८ नयाँ दिल्ली । छिमेकी देश भारतमा कोरोना संक्रमणबाट पछिल्लो पटक ४५ सय २५ जनाको मृत्यु भएको हो ।

कोरोना भाइरसको महामारी शुरू भएयता त्यहाँ एकैदिनमा मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै धेरै थियो । अघिल्लो दिन मात्रै त्यहाँ हालसम्मकै बढी ४३ सय ४० जनाले ज्यान गुमाएका थिए ।

त्यस्तै गत मे एघार तारिखमा एकैदिन सबैभन्दा बढी ४२ सय जनाको मृत्यु भएको थियो । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ८३ हजार नाघेको छ ।

सोही अवधिमा त्यहाँ २ लाख ६७ हजार भन्दा बढीमा संक्रमण पुष्टि भयो । संक्रमित संख्या पनि अघिल्लो दिनको तुलनामा केही बढेको छ । संक्रमित संख्या लगातार घटिरहेपनि दैनिक मृत्यु हुनेको संख्या भने अझै कम हुन सकिरहेको छैन ।

कोरोना भाइरसको नयाँ भेरिएन्टबाट भारत सबैभन्दा बढी प्रभावित बनेको छ । त्यहाँ अहिलेसम्म संक्रमित हुनेको संख्या २ करोड ५५ लाख नजिक पुगेको छ ।

पछिल्लो पटक विश्वमा ६ लाख बढीमा संक्रमण पुष्टि हुँदा झण्डै १४ हजार जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *