विदेश

भारतमा कोरोना संक्रमणबाट अहिलेसम्मकै धेरै ४ हजार ३ सय ४० जनाको मृत्यु

हिमालय टिभी
२०७८ जेठ ४ गते ८:३३
भारतमा कोरोना संक्रमणबाट अहिलेसम्मकै धेरै ४ हजार ३ सय ४० जनाको मृत्यु

४ जेठ २०७८ नयाँ दिल्ली । कोरोना संक्रमणका कारण भारतमा एकैदिन अहिलेसम्मकै धेरै मानिसको मृत्यु भएको छ ।

पछिल्लो पटक संक्रमणबाट ४३ सय ४० सय जनाको मृत्यु भएको हो । अघिल्लो दिन करिब ४१ सय जनाको मृत्यु भएको थियो । त्यस्तै गएको मे एघार तारिखमा एकैदिन सबैभन्दा बढी ४२ सय जनाले ज्यान गुमाएका थिए । त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ७८ हजार नाघेको छ ।

सोही अवधिमा त्यहाँ २ लाख ६३ हजार भन्दा बढी संक्रमित थपिए । भारतमा संक्रमित हुनेको संख्यामा कमी आएपनि मृत्युदर भने अझै घट्न सकिरहेको छैन । कुनै समय दैनिक संक्रमित हुनेको संख्या चार लाख भन्दा माथि पुगेको थियो ।

त्यहाँ अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या २ करोड ५२ लाख नाघ्दा सक्रिय संक्रमित ३४ लाख बढी छन् । यसैबीच भारतमा कोरोना संक्रमणविरुद्ध खाने औषधि टुडिजीको विकास भएको छ ।

त्यस्तै त्यहाँ १८ करोड २९ लाख भन्दा धेरैले कोरोनाविरुद्ध खोपको कम्तीमा पहिलो मात्रा लगाइसकेका छन् । संक्रमणबाट पछिल्लो पटक विश्वमा झण्डै ११ हजार बढीको मृत्यु हुँदा ५ लाख ३२ हजार भन्दा बढी संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *