विदेश
इजरायलद्वारा प्यालेस्टाइनमाथिको आक्रमण जारी
२०७८ वैशाख ३१ गते ८:०१

३१ वैशाख २०७८ काठमाडौं । इजरायलले गाजा क्षेत्रको सीमा नाकामा थप सुरक्षाकर्मी तैनाथ गर्दै प्यालेस्टाइनमाथिको आक्रमण जारी राखेको छ ।
इजरायलले गाजासँगको आफ्नो सिमानामा बक्तरबन्द ट्याङकरसहित सेना खटाएको छ । इजरायलले जागा क्षेत्रको केही जमिन समेत कब्जा गर्ने तयारी थालेको छ ।
प्यालेस्टिनी विद्रोहीले रकेट आक्रमण जारी राखेपछि इजरायलले हवाई हमलाको ब्यारेक बनाएको छ ।
गाजा क्षेत्रमा भएको झडपमा परी अहिलेसम्म एक सय भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ भने इजरायलमा सात जनाको मृत्यु भएको बिबिसीले जनाएको छ ।्
यहूदी र अरबीहरुले इजरायलमा विद्रोहको धम्की दिएका छन् । इजरायल सरकारले शान्ति सुरक्षामा खलल पुर्याएको भन्दै चार सय भन्दा बढीलाई पक्राउ गरेको छ ।
प्रतिक्रिया