विवादित क्षेत्रमा इजरायली सेना र प्यालेस्टाइनी विद्रोहीबीच भिडन्त

२९ वैशाख २०७८ इजरायल । विवादित गाजा क्षेत्रमा इजरायली सेना र प्यालेष्टाइन विद्रोहीबीच हवाई भिडन्त जारी छ ।
गाजास्थित एक भवन इजरायली रकेट हमलामा ध्वस्त भएपछि विद्रोहीले त्यसको प्रतिउत्तरमा थप हवाई हमला जारी राखेको बताएको छ । इजरायली रकेट प्रहारबाट १३ तल्ले भवन भत्किए पनि कुनै मानवीय क्षति नभएको अधिकारीहरुको भनाइ छ ।
पछिल्लो पटक प्यालेष्टाइन विद्रोहीले इजरायली शहर तेल अभिभ लक्षित १ सय ३० वटा मिसाइल प्रहार गरेको जनाएको छ । त्यस्तै अहिलेसम्म विद्रोहीले इजरायलतर्फ तीन सय बढी रकेट प्रहार गरिसकेको बताएको छ ।
भवन खाली गर्न चेतावनी जारी गरिएको डेढ घण्टापछि रकेट प्रहार भएको थियो । उता इजरायलको सेनाले गाजामा विद्रोही लक्षित हमला गरिरहेको स्पष्ट पारेको छ ।
सेनाले गाजाका १ सय ५० बढी स्थान लक्षित आक्रमण गरेको बताएको छ । रकेट आक्रमणमा २६ प्यालेष्टाइनको मृत्यु भएको त्यहाँका स्वास्थ्य अधिकारीले बताएका छन् ।
हवाई हमलाबाट दुबै देशमा थुप्रै मानिसको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । यस्तै अन्तर्राष्ट्रिय समुदायले दुबै पक्षलाई हमला अन्त्य गर्न आग्रह गरिरहेका छन् ।
प्रतिक्रिया