विदेश

तालिवानद्वारा अफगानिस्तानमा तीनदिने युद्धविराम घोषणा

हिमालय टिभी
२०७८ वैशाख २८ गते ८:२१
तालिवानद्वारा अफगानिस्तानमा तीनदिने युद्धविराम घोषणा

२८ वैशाख २०७८ काबुलं । अफगानिस्तानमा प्रमुख विद्रोही तालिबान समूहले ३ दिने युद्धविरामको घोषणा गरेको छ ।

तालिबानले इस्लाम धर्मावलम्बीको पवित्र पर्व ईद अल–फित्रका अवसरमा तीन दिनको युद्धविराम घोषणा गरेको जनाएको हो ।

तालिबान समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जाल ट्विटरमार्फत इदका अवसरलाई खुशीयालीपूर्वक शान्तिपूर्ण र सुरक्षित वातावरणमा मनाउन सरकारसँग तीन दिने युद्धविराम गरिएको बताए ।

सो अवधिमा उनले आफ्ना सबै लडाकूलाई सबै आक्रामक कारवाही स्थगित गर्न निर्देशन पनि दिएका छन् ।

त्यस्तै प्रवक्ता मुजाहिदले युद्धबिरामको अवधिमा अफगानिस्तान सेनाको नियन्त्रणमा रहेका क्षेत्रमा प्रवेश नगर्न पनि आफ्ना लडाकूलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *