विदेश

कोरोनाको भारतीय भेरियन्ट खतरनाक भन्दै विश्व स्वास्थ्य संगठनले जारी ग-यो यस्तो चेतावनी

हिमालय टिभी
२०७८ वैशाख २८ गते ६:४५
कोरोनाको भारतीय भेरियन्ट खतरनाक भन्दै विश्व स्वास्थ्य संगठनले जारी ग-यो यस्तो चेतावनी

२८ वैशाख २०७८ काठमाडौं । विश्व स्वास्थ्य संगठन (डल्ब्युएचओ) ले भारतमा पाइएको कोरोनाको भेरियन्ट निकै चिन्तित गर्ने खालको रहेको बताएको छ ।

डल्ब्युएचओले भारतमा फेला परेको बी.१.६१७ भेरियन्ट बढी नै संक्रामक देखिएको र यसलाई चिन्ताजनक ठालेको बताएको छ ।

डल्ब्युएचओको कोभिड–१९ का प्रमुख मारिया भेन केरखोभले यो भेरियन्ट अत्यधिक संक्रामक र खोपविरुद्ध पनि धेरै असर गर्ने खालको जानकारी प्राप्त भएको बताउनुभयो ।

मारियाले भन्नुभयो–हामी आधिकारिक रुपमा यसलाई विश्वव्यापीस्तरमा चिन्तित गर्ने खालको भेरियन्ट घोषित गर्दछौं ।

डल्ब्युएचओले बी.१.६१७ भेरियन्टको वंशावली भारतमा पहिलोपटक डिसेम्बरमा फेलापरेको जनाएको छ । यसको शुरुवाती रुप भने अक्टोबर २०२० मै फेला परेको थियो ।

यो भेरियन्ट विश्वका कयौं स्थानमा फैलिसकेको छ । र, कयौ देशले भारतबाट आउने उडानमाथि रोक लगाएका छन् । भेन केरखोभका अनुसार यो भेरियन्टका विषयमा थप जानकारी आज प्राप्त हुनेछ ।

यसैबीच डल्ब्युएचओका प्रमुख टेड्रोस एधनोम गेब्रेयासिसले डल्ब्युएचओ फाउन्डेशन टुगेदर फर इण्डिया अभियान शुरु गर्न लागेको बताएका छन् । भारतमा अक्सिजन, औषधि, स्वास्थ्यकर्मी र प्रोटेक्टिभ इक्विपमेन्ट खरिदका लागि रकम जम्मा गर्न यो अभियान शुरु गर्न लागिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *