विदेश

भारतमा आगामी तीन महिनामा कोरोनाले ठूलो क्षति गर्ने अध्ययनको आँकलन

हिमालय टिभी
२०७८ वैशाख २७ गते ९:१६
भारतमा आगामी तीन महिनामा कोरोनाले ठूलो क्षति गर्ने अध्ययनको आँकलन

२७ वैशाख २०७८ नयाँ दिल्ली । भारतमा आगामी तीन महिनामा कोरोनाले ठूलो क्षति हुन सक्ने आँकलन गरिएको छ ।

विश्व प्रसिद्ध मेडिकल जर्नल द ल्यासेन्टमा प्रकाशित एक अध्ययनका अनुसार भारतमा आगामी अगस्त महिनासम्म कोरोनाले ठूलो क्षति हुनेछ । ल्यासेन्टले भारतमा आगामी अगस्तसम्म कोरोनाका कारण झन्डै १० लाखको मृत्यु हुने बताएको छ ।

भारतमा कोरोनाको दोस्रो लहरले भयावह स्थिति बनेको र सरकारले कुनै पनि ठोस कदम नचालेको भन्दै सरकारको आलोचना पनि गरिएको छ ।

अध्ययनमा विश्व स्वास्थ्य संगठनले तय गरेको मापदण्डको उल्लघंन भारत सरकारकै तर्फबाट भएको र कोरोनाले भयावह स्थिति बन्नुमा सरकार आफै जिम्मेवार रहेको पनि उल्लेख गरिएको छ ।

भारतमा पछिल्लो ​समय कोरोनाको दोस्रो लहरकै क्रममा विभिन्न राज्यमा देखिएको कोरोनाको नयाँ स्वरुपले थप समस्या बल्झिने हुँदा आउने समय भारतका लागि थप चुनौतीपूर्ण हुने ल्यासेन्टको अध्ययनमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *