विदेश

अफगानिस्तानमा विद्यालय नजिकै विष्फोट हुँदा ३० जनाको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख २६ गते ७:४९
अफगानिस्तानमा विद्यालय नजिकै विष्फोट हुँदा ३० जनाको मृत्यु

२६ वैशाख २०७८ काबुल । अफगानिस्तानमा एक विद्यालय नजिक भएको विष्फोटमा ३० जनाको मृत्यु भएको छ ।

राजधानी काबुलस्थित एक विद्यालय बाहिर विष्फोट हुँदा ३० जनाको मृत्यु हुनुका साथै ५२ जना घाइते भएका छन् । घटनामा हताहतीको पुष्टि गर्दै घाइते सबैको उपचार भइरहेको गृह मन्त्रालयका प्रवक्ता तारिक अरियानले जनाएका छन् ।

उता स्वास्थ्य मन्त्रालयका प्रवक्ता गुलहाम डास्टाजिर नाजरीले ४६ जना घाइतेलाई अस्पताल लगिएको बताए । त्यस्तै राष्ट्रपति असरफ घानीले घटनाको निन्दा गरेका छन् । वि

ष्फोटमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने स्थानीय सञ्चारमाध्यमको भनाइ छ । मृत्यु हुनेमा अधिकांश छात्रा विद्यार्थी रहेको बताइएको छ । अहिलेसम्म घटना जिम्मेवारी कसैले लिएको छैन ।

विष्फोटको तालिवानी विद्रोही समूहले समेत आलोचना गरेको छ । आगामी सेप्टेम्बर ११ तारिखमा अमेरिकाले अफगानिस्तानबाट आफ्ना सबै सेना बोलाउने घोषणा गरेसँगै अफगानिस्तान उच्च सुरक्षा सतर्कताको अवस्थामा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *