विदेश

भारतमा कोरोनाबाट एकैदिन अहिलेसम्मकै धेरै ४ हजार १ सय ९४ जनाको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख २५ गते ८:१६
भारतमा कोरोनाबाट एकैदिन अहिलेसम्मकै धेरै ४ हजार १ सय ९४ जनाको मृत्यु

२५ वैशाख २०७८ नयाँ दिल्ली । छिमेकी देश भारतमा पछिल्लो समय कोरोना संक्रमणबाट ४ हजार बढीको मृत्यु भएको छ ।

त्यहाँ एकैदिन हालसम्मकै धेरै ४ हजार १ सय ९४ संक्रमितको मृत्यु भएको हो । यसअघि गएको मे पाँच तारिखमा एकैदिन ३९ सय ८२ जनाको मृत्यु भएको थियो ।

त्यस्तै मे ६ तारिखमा ३९ सय २० जनाले ज्यान गुमाएका थिए । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३८ हजार नाघेको छ । सक्रिय संक्रमितको संख्या ३७ लाख ३१ हजार भन्दा बढी हुँदा १ करोड ७९ लाख भन्दा बढी संक्रमित निको भैसकेका छन् ।

त्यस्तै पछिल्लो पटक त्यहाँ ४ लाख १ हजार भन्दा बढी संक्रमित थपिए । सो अवधिमा त्यहाँ संक्रमित संख्या संसारमै सबैभन्दा धेरै हो । भारतमा दैनिक संक्रमित हुनेको संख्या केही घटेको भएपनि त्यसमा अझै कमी आउन सकेको छैन ।

त्यहाँ अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या २ करोड १८ लाख नाघेको छ ।

त्यस्तै संक्रमणबाट पछिल्लो पटक संसारभर १३ हजार ७ सय बढीको मृत्यु हुँदा ८ लाख ३६ हजार भन्दा बढी संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *