विदेश

डब्ल्युएचओबाट चिनियाँ खोपले पायो आपतकालीन प्रयोगको अनुमति

हिमालय टिभी
२०७८ वैशाख २५ गते ७:१९
डब्ल्युएचओबाट चिनियाँ खोपले पायो आपतकालीन प्रयोगको अनुमति

२५ वैशाख २०७८ बेइजिङ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ।

गैरपश्चिमी मुलुकको यो नै पहिलो खोप हो जसलाई डब्ल्युएचओले प्रयोगको अनुमति दिएको हो । यो खोप चीन र विश्वका कारोडौ नागरिकलाई यसअघि नै दिइसकेको छ।

यद्यपि अफ्रिका, ल्याटिन अमेरिका र एसियाका कयौ देशले चीनको यो खोपलाई आपतकालीन प्रयोगको अनुमति दिइसकेका छन् ।

अन्तर्राष्ट्रियस्तरमा चीनको कयौं खोप कम असरदार भएको कुरामा कुनै तथ्याङ्क उपलव्ध छैन । जसका कारण यसका विषयमा अनिश्चितता कायम छ । तर डब्ल्युएचओले शुक्रबार सिनोफार्मको खोपलाई सुरक्षा, प्रभावकारिता र गुणस्तारको आधारमा मान्यता दिएको बताएको छ ।

साथै डब्ल्युएचओले यसको दुई मात्रा १८ वर्षभन्दा माथिको उमेर समूहलाई दिनुपर्ने बताएको छ । डब्ल्युएचओले आगामी दिनमा अर्को एउटा चिनियाँ औषधि कम्पनीको खोपमाथि निर्णय गर्नेछ । डब्ल्युएचओले रुसी खोप स्पुतनिक भीको मूल्याङ्कन पनि गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *