भारतमा एकैदिन चार लाख १२ संक्रमित थपिँदा झण्डै चार हजार जनाको मृत्यु

२३ वैशाख २०७८ नयाँ दिल्ली । तिब्र रुपमा कोरोना महामारी फैलिरहेको भारतमा पछिल्लो २४ घण्टामा चार लाख १२ हजारभन्दा बढी संक्रमित थपिएका छन् भने झण्डै चार हजारको मृत्यु भएको छ ।
पछिल्लो पटक भारतमा एकै दिन चार लाख १२ हजार ६ सय १८ जना संक्रमित थपिएका हुन् । यो सँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या दुई करोड दश लाख ७० हजार नाघेको छ ।
एक करोड ७२ लाख संक्रमित निको भइसकेका छन् भने ३५ खाल ७१ हजार संक्रमितको उपचार भइरहेको छ । भारतमा दैनिक मृत्युदर पनि बढिरहेको छ ।
पछिल्लो पटक तीन हजार ९ सय ८२ जनाको मृत्यु भएको छ । यो एकै दिनअहिलेसम्मकै उच्च मृत्यु हो । यो सँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई लाख ३० हजार नाघेको छ ।
पछिल्लो पटक विश्वभर ८ लाख ३४ हजार संक्रमित थपिएका छन् भने संक्रमणका कारण १४ हजार भन्दा बढीको मृत्यु भएको छ ।
प्रतिक्रिया