विल गेट्स दम्पतीले किन गरे २७ वर्ष लामो सम्बन्ध अन्त्य ?

२१ वैशाख २०७८ न्युयोर्क । माइक्रोसफ्टका संस्थापक विल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्स अब सँगै बस्न नसक्ने अवस्थामा पुगेका छन । त्यसैले उनीहरुले आफ्नो २७ वर्ष लामो वैवाहिक जीवन अन्त्यको घोषणा गरेका छन् ।
विल गेट्स र मेलिन्डाले विवाह भएको २७ वर्षपछि छुट्टिने घोषणा गरेका हुन्। उनीहरुले लामो छलफलपछि अलग हुने निर्णय लिएको सामाजिक सञ्जालमार्फत् बताएका छन्।
विश्वभर उदाहरणीय जोडीको रुपमा रहेको र सामाजिक कामबाट समेत सधैं चर्चामा रहने यो जोडीको सम्बन्ध विच्छेदले धेरैलाई आश्चर्यमा पारेको छ।
उनीहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ– ‘धेरै सोचविचार र हाम्रो सम्बन्धमा काम गरेपछि हामीले हाम्रो सम्बन्धलाई अन्त्य गर्ने निर्णय गरेका छौं।’
अलग भएपछि पनि दुवैले विल एण्ड मिलिन्डा फाउन्डेसनको काम जारी राख्ने बताएका छन्। सन २००० मा स्थापना गरिएको यो फाउन्डेसनले अहिलेसम विश्वभर विभिन्न क्षेत्रमा लगभग ५४ बिलियन डलरको सहयोग गरिसकेको छ।
विश्वकै धनि व्यक्ति मध्येका एक ६५ वर्षीय विल गेट्स र ५६ वर्षीय मिलिन्डाको भेट माइक्रोसफ्टमै भएको थियो।
जसमा बिल प्रमुख कार्यकारी अधिकृत थिए भने मिलिन्डाले माइक्रोसफ्टमै प्रोडक्ट म्यानेजरको रुपमा कम शुरू गरेकी थिइन्। दुवैले सन १९९४ मा विवाह गरेका थिए।
प्रतिक्रिया