विदेश

भारतमा कोरोना संक्रमणबाट अहिलेसम्मकै धेरै ३६ सय ८८ जनाको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख १९ गते ८:१६
भारतमा कोरोना संक्रमणबाट अहिलेसम्मकै धेरै ३६ सय ८८ जनाको मृत्यु

१९ वैशाख २०७८ नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणबाट अहिलेसम्मकै धेरै जनाको मृत्यु भएको छ ।

पछिल्लो पटक त्यहाँ संक्रमणका कारण ३६ सय ८८ जनाको मृत्यु भएको छ । भारतमा एकैदिन संक्रमणबाट मृत्यु हुने यो संख्या अहिलेसम्मकै धेरै हो ।

यसअघि त्यहाँ गएको अप्रिल २८ तारिखमा एकैदिन ३६ सय ४७ जनाको मृत्यु भएको थियो । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख १५ हजार नाघेको छ ।

त्यस्तै त्यहाँ पछिल्लो पटक ३ लाख ९२ हजार भन्दा बढी जनामा संक्रमण पुष्टि भयो । संक्रमित हुनेको संख्या भने अघिल्लो दिनको तुलनामा धेरै घटेको हो । अघिल्लो दिन हालसम्मकै उच्च ४ लाख २ हजार जनामा संक्रमण पुष्टि भएको थियो । सो अवधिमा भारतमा संक्रमित तथा मृतक संख्या भने संसारमै सबैभन्दा धेरै हो ।

कोरोना महामारी अनियन्त्रित हुन थालेको भन्दै विश्वका विभिन्न देशले भारतलाई सहयोग प्रदान गरिरहेका छन् । पछिल्लो पटक फ्रान्सले २८ टन मेडिकल सामाग्री दिएको छ ।

त्यस्तै हिजोदेखि शुरु तेस्रो चरणको खोप अभियान अन्तर्गत त्यहाँ १८ वर्षदेखि ४४ वर्ष उमेर समूहकालाई कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको छ ।

त्यस्तै पछिल्लो समय विश्वभर १२ हजार ५ सय बढी मानिसको मृत्यु हुँदा ७ लाख ८९ हजार भन्दा बढी संक्रमित थपिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *