विदेश
भारतको एउटा कोभिड अस्पतालमा आगलागी हुँदा १६ जनाको मृत्यु
२०७८ वैशाख १८ गते ९:३९
१८ वैशाख २०७८ नयाँ दिल्ली । भारतको गुजरातस्थित एक अस्पतालको कोभिड वार्डमा आगो लाग्दा १६ जनाको मृत्यु भएको छ ।
गुजरातको भरुच शहरको पटेल वेलफेयर अस्पतालमा कोरोना संक्रमितको उपचार हुने वार्डमा आगलागी भएको थियो । त्यसपछि आगो आईसीयु वार्डसम्म पनि फैलिएको थियो ।
आगलागीको समयमा कोभिड वार्डमा ४९ जना कोरोना संक्रमित उपचाररत थिए । त्यस्तै २४ जना संक्रमितको आईसीयुमा उपचार भइरहेको थियो । आगलागीको कारणबारे केही खुल्न सकेको छैन ।
प्रतिक्रिया