विदेश

चीनमा पनि देखियो कोरोनाको भारतीय भेरियन्ट

हिमालय टिभी
२०७८ वैशाख १८ गते ९:१०
चीनमा पनि देखियो कोरोनाको भारतीय भेरियन्ट

१८ वैशाख २०७८ बेइजिङ । चीनमा पनि कोरोना भाइरसको भारतीय भेरियन्ट फेला परेको छ । चिनियाँ अधिकारीहरुले कोरोना भाइरसको बी १६१७ भेरियन्ट पुष्टि भएको दावी गरेका छन् ।

कोरोनाको भारतीय भेरियन्ट फेला परेपछि चीनमा हाई एलर्ट जारी गरिएको छ ।
कोरोना भाइरसको यो भेरियन्ट सबैभन्दा पहिले भारतमा भेटिएकाले यसलाई भारतीय भेरियन्ट पनि भन्ने गरिन्छ । भारतमा भेटिएको यो भेरियन्टको विषयमा हालसम्म वैज्ञानिकले कुनै ठोस तथ्य फेला पारेको छैनन् ।

चिनियाँ सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी) का प्रमुख वू जुनयूले चीनमा नयाँ भेरियन्ट फेला परेको पुष्टि गर्नुभएको हो । उहाँले कोरोनाको यो भेरियन्ट हालसम्म चीनका कति जनामा पुष्टि भएको छ भन्ने विषयमा भने खुलाउनु भएन ।

उहाँले चीनका केही शहरमा भारतको म्यूटेट स्ट्रेन भेटिनु चिन्ताको विषय रहेको र विभिन्न शहरमा यो भेरियन्ट फेला परेको बताउनुभयो ।

कोरोनाको न्यू भेरियन्टले फेरि एक पटक महामारीको चेतावनी दिएको भन्दै उहाँले सबै तयारीका लागि जुट्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *