विदेश

भारतमा तेस्रो चरणको खोप अभियान शुरु हुँदै

हिमालय टिभी
२०७८ वैशाख १८ गते ९:०४
भारतमा तेस्रो चरणको खोप अभियान शुरु हुँदै

१८ वैशाख २०७८ नयाँ दिल्ली । भारतमा आजदेखि १८ वर्षभन्दा माथि उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाइँदैछ ।

कोरोना महामारीको दोस्रो चरणको लहरकाबीच भारतमा आजदेखि तेस्रो चरणको खोप अभियान शुरु हुँदैछ । आजबाट शुरु हुने कोरोनाविरुद्धको तेस्रो चरणको खोप अभियानअन्तर्गत १८ वर्ष पूरा भएका र ४९ वर्ष ननाघेकाहरुलाई खोप लगाइने भारती स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशैभर आजबाट खोप अभियान शुरु हुने भनिए पनि कोरोनाका कारण अति प्रभावित राज्यहरु उत्तरप्रदेश, मध्यप्रदेश, गुजरात लगायतका राज्यमा खोप अभियान शुरु नुहने भएको छ ।
कोरोना महामारीको दोस्रो चरणको लहरले भारतमा भयावह स्थिति उत्पन्न भएको छ ।

दैनिक सङ्क्रमण दर बढ्दै जाँदा भारतमा बिरामीको उपचारमा समस्या हुन थालेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *