विदेश

मे महिनामा भारतमा कोरोना अझ उच्च विन्दुमा पुग्ने वैज्ञानिकहरुको प्रक्षेपण

हिमालय टिभी
२०७८ वैशाख १४ गते १३:५४
मे महिनामा भारतमा कोरोना अझ उच्च विन्दुमा पुग्ने वैज्ञानिकहरुको प्रक्षेपण

१४ वैशाख २०७८ नयाँ दिल्ली । आउने मे महिनामा भारतमा कोरोना महामारीको अवस्था उच्च विन्दुमा पुग्ने वैज्ञानिकहरूले बताएका छन् ।

अबको दुईदेखि ३ हप्ताभित्र त्यहाँ संक्रमणको दोस्रो लहर उच्च विन्दुमा पुग्ने त्यहाँका वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।

दिल्लीस्थित इण्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजीका वैज्ञानिकहरूले १४ देखि १८ तारिखबीच त्यहाँ सक्रिय संक्रमितको संख्या ३८ देखि ४८ लाखसम्म पुग्ने आंकलन गरेका हुन् ।

त्यस्तै मे ४ देखि ८ तारिखकाबीच दैनिक ४ लाख ४० भन्दा धेरै संक्रमित फेला पर्ने उनीहरूको प्रक्षेपण छ । अहिले भारतमा सक्रिय संक्रमित संख्या २८ लाख १३ हजारभन्दा केही बढी छ।

कोरोना संक्रमणको दोस्रो लहरबाट सबैभन्दा बढी प्रभावित भारतमा अहिले दैनिक संक्रमितको संख्या तीन लाख भन्दा माथि रहेको छ । पछिल्लो पटक त्यहाँ ३ लाख १९ हजार भन्दा बढी संक्रमित फेला परे ।

यसअघि अघिल्लो दिन ३ लाख ५४ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको थियो । त्यस्तै मृत्यु हुनेको संख्या पनि अघिल्लो दिनको तुलनामा केही घटेको छ । अघिल्लो दिन २८ सय बढीको मृत्यु भएकोमा हिजो २७ सय जनाले ज्यान गुमाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *