इराकको राजधानी बगदादस्थि अस्पतालमा आगलागी हुँदा २३ जनाको मृत्यु
![इराकको राजधानी बगदादस्थि अस्पतालमा आगलागी हुँदा २३ जनाको मृत्यु](https://www.himalayatv.com/wp-content/uploads/2021/04/iraq-fire.jpg)
१२ वैशाख २०७८ बगदाद । इराकको राजधानी बगदादस्थित एक अस्पतालमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ ।
बगदादमा कोरोना संक्रमितको उपचार हुने इब्नअल(खतीब अस्पतालमा भएको आगलागीमा परेर २३ जनाको मृत्यु भएको हो ।
अक्सिजन भण्डारणमा गरेको गल्तीका कारण अस्पतालको आईसीयू कक्षबाट आगलागी शुरु भएको जनाइएको छ । अक्सिजनको ट्यांक विस्फोटपछि अस्पतालमा आगलागी शुरु भएको थियो ।
आगलागी हुँदा ३० जना संक्रमितको आइसियुमा उपचार भइरहेको थियो । आगलागीपछि अस्पतालमा उपचाररत १ सय २० जना संक्रमित र ९० जना आफन्तलाई सुरक्षित रुपमा बाहिर निकालिएको थियो ।
इराकका प्रधानमन्त्री मुस्तफा अल(काधिमीले भने आगलागीको घटना दुःखद भएको बताउँदै घटनाको कारणबारे तत्काल अनुसन्धान गर्न निर्देशन दिएका छन् ।
इराकमा कोरोनाका संक्रमितको संख्या १० लाख भन्दा बढी छ। त्यहाँ अहिले १५ हजार भन्दा बढीको मृत्यु भैसकेको छ ।
प्रतिक्रिया