विदेश

भारतमा एकैदिन ३ लाख ४५ हजारमा कोरोना संक्रमण, २६ सय बढीको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख ११ गते ७:२७
भारतमा एकैदिन ३ लाख ४५ हजारमा कोरोना संक्रमण, २६ सय बढीको मृत्यु

११ वैशाख २०७८ नयाँ दिल्ली । छिमेकी देश भारतमा पछिल्लो पटक ३ लाख ४५ हजार भन्दा बढीमा कोरोना संक्रमण भएको छ । २६ सय भन्दा बढीको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमित हुनेको संख्या लगातार तेस्रो दिन पनि ३ लाख भन्दा माथि रह्यो । भारतमा एकैदिन संक्रमित हुने यो संख्या अहिलेसम्मकै उच्च हो ।

अघिल्लो दिन भारतमा ३ लाख ३२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो । त्यस्तै २२ सय जनाको मृत्यु भएको थियो । कोरोनाबाट सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्र हो भने उत्तर प्रदेशमा पनि महामारी नियन्त्रण बाहिर जान थालेको विज्ञको भनाइ छ ।

त्यस्तै केन्द्रीय राजधानी नयाँ दिल्लीमा पनि कोरोनाका कारण अवस्था भयावह हुँदै गइरहेको छ । अत्यधिक संक्रमितसँगै अस्पतालहरुमा बेड तथा अत्यवश्यक अक्सिजनको चरम अभाव भएको छ ।

कोरोना भाइरसको नयाँ भेरिएन्ट बालबालिकाका लागि खतरनाक रहेको बताइएको छ । पछिल्लो समय विश्वमा कोरोनाका झण्डै ९ लाख संक्रमित थपिए । त्यस्तै १४ हजार भन्दा बढीले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *