विदेश
भारतको महाराष्ट्रमा कोभिड अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु
२०७८ वैशाख १० गते ८:२९
१० वैशाख २०७८ नयाँ दिल्ली । भारतीय राज्य महाराष्ट्रको पालघर जिल्लास्थित वसाई अस्पतालको कोभिड सेन्टरमा आगलागी हुँदा १३ जना बिरामीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कोरोना संक्रमणबाट सिकिस्त बिरामी भएर आईसीयूमा राखिएकाहरु रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। विरार नगर निगमले घटनाको पुष्टि गरेको छ ।
आगलागीमा परेर घाइते भएकाहरुको नजिकैका अस्पतालहरुमा उपचार भइरहेको जनाइएको छ । समाचार एजेन्सी पीटीआईले प्रहरीलाई उधृत गर्दै जनाएअनुसार घटनामा १३ जनाको मृत्यु भएको छ । आगो लाग्नुको कारण स्पष्ट भइसकेको छैन ।
दुई दिनअघि मात्र महाराष्ट्रकै नासिकको एउटा अस्पतालमा अक्सिजन लीग हुँदा २२ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया