विदेश

भारतको महाराष्ट्रमा मे १ सम्मका लागि लकडाउन घोषणा

हिमालय टिभी
२०७८ वैशाख ९ गते ९:३०
भारतको महाराष्ट्रमा मे १ सम्मका लागि लकडाउन घोषणा

९ वैशाख २०७८ नयाँ दिल्ली । भारतको महाराष्ट्रमा लकडाउन घोषणा गरिएको छ । महाराष्ट्र सरकारले कोरोनाको जोखिम बढ्दै गएपछि मे १ सम्मका लागि लकडाउनको घोषणा गरेको हो ।

महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले आज राति ८ बजेदेखि लागू हुने गरी मे १ तारिखसम्मका लागि लकडाउन घोषणा गर्नुभएको हो । उहाँले लकडाउनको बेला सरकारी कार्यालयहरुमा १५ प्रतिशत कर्मचारीलाई मात्रै उपस्थित भएर सेवा प्रवाह गर्न निर्देशन समेत दिनुभएको छ ।

यस्तै लकडाउनको समयमा वैवाहिक समारोह २ घन्टामा सम्पन्न गर्न, समारोहमा २५ जना मात्रै सहभागी हुन, सरकारी सवारीसाधनमा ५० प्रतिशत यात्रु मात्रै राख्न पाइने भएको छ ।

राज्य सरकारले लगाएको लकडाउनमा नियम उल्लंघन गर्दा जरिवाना र सजाय पनि हुन सक्ने बताइएको छ । महाराष्ट्रमा कोरोनाको दर बढ्दै गर्दा अस्पताल भर्ना हुने गम्भीर प्रकृतिका बिरामी पनि बढ्दै गएका छन् ।

बिरामीहरुले समयमै उपचार पाउन नसक्दा मृत्यु हुने क्रम पनि विस्तारै बढ्न थालेको छ भने अक्सिजनको अभाव पनि हुन थालेको छ । भारतको महाराष्ट्रमा कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित राज्य हो ।

जहाँ हालसम्म ३० लाख ९६ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने ६१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *