विदेश

भारतमा कोरोना संक्रमणबाट एकै दिन २ हजार १ सय बढीको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख ९ गते ८:४६
भारतमा कोरोना संक्रमणबाट एकै दिन २ हजार १ सय बढीको मृत्यु

९ वैशाख २०७८ नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट संक्रमित तथा मृत्यु हुने मानिसको संख्या अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

पछिल्लो पटक भारतमा झण्डै ३ लाख १६ हजार जनामा संक्रमण पुष्टि भएको हो । २ हजार १ सयभन्दा बढीको मृत्यु भएको छ ।

अघिल्लो दिनमात्रै भारतमा २ लाख ९४ हजार भन्दा बढी जनामा संक्रमण हुँदा एक हजार भन्दा बढीको मृत्यु भएको थियो । संक्रमणको दोस्रो लहर दिनहुँ भयावह भइरहेको भारतमा कोरोनाबाट संक्रमित हुने संख्याले दिन दिनै नयाँ रेकर्ड बनाइरहेको छ ।

संक्रमण अत्याधिक बढेकै कारण कतिपय राज्यमा प्रतिबन्धात्मक नियम, रात्रिकालिन कर्फ्यू तथा लकडाउन लागू भएका छन् । महाराष्ट्र राज्यमा लकडाउन घोषणा गरिएको छ ।

महाराष्ट्रमा स्थानिय समय अनुसार आज राति ८ बजेदेखि आगामी मे १ तारिखसम्म लकडाउन हुनेछ । पछिल्लो पटक विश्वभर ८ लाख ७४ हजारभन्दा बढी कोरोनाका संक्रमित थपिएका छन् ।

भारतपछि ब्राजिलमा ७१ हजार, अमेरिकामा ६३ हजार तथा टर्कीमा ६१ हजारभन्दा बढी संक्रमित भए । यही अवधिमा संक्रमणबाट सबैभन्दा बढी ब्राजिलमा ३ हजार १ सयभन्दा बढीले ज्यान गुमाए ।

पछिल्लो पटक विश्वमा कोरोना संक्रमित मध्ये झण्डै १४ हजार जनाको मृत्यु भयो । विश्वभर कोरोना संक्रमित हुनेको संख्या १४ करोड ४४ लाख नाघ्दा अहिलेसम्म ३० लाख ७१ हजार भन्दा बढीको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *