विदेश

चिनियाँ राजदूतलाई निशाना बनाएर पाकिस्तानमा ठुलो विष्फोट, कम्तिमा ४ जनाको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख ९ गते ६:५२
चिनियाँ राजदूतलाई निशाना बनाएर पाकिस्तानमा ठुलो विष्फोट, कम्तिमा ४ जनाको मृत्यु

९ वैशाख २०७८ इस्लामावाद । पाकिस्तानको क्वेटा शहरस्थित चर्चित सेरेना होटलमा भएको विष्फोटमा कम्तिमा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

पाकिस्तानस्थित चिनियाँ राजदूतलाई निशाना बनाएर यो विष्फोट गराइएको आशंका गरिएको छ । विष्फोटका समय चिनियाँ राजदूत क्वेटा शहरमै थिए क्वेटा, बलूचिस्तान प्रान्तको राजधानी हो, जुन अफगान सीमा नजिक पर्दछ ।

यद्यपि विष्फोटका बेला चिनियाँ राजदूत होटलमा नरहेको बताइएको छ । विष्फोट होटलको कार पार्किङमा भएको हो ।

सेरेना होटल क्वेटामा निकै चर्चित छ, जहाँ अधिकांश सरकारी अधिकारी र चर्चित व्यक्तिहरु आउने जाने गर्दछन् । पाकिस्तानी तालिबानले यो विष्फोटको जिम्मेवारी लिएको छ।

पाकिस्तानका गृहमन्त्री शेख राशिद अहमदले उआरवाय न्युज टेलिभिजनसँग कुरा गर्दै विष्फोटक पदार्थले भरिएको कारण विष्फोट भएको बताएका छन् । उनले विष्फोटका बेला चिनियाँ राजदूत नो.ग रोंग एक समारोहमा थिए, तर उनी होटलमा नरहेको गृहमन्त्री शेखले बताए ।

बलूचिस्तानमा लामो समयदेखि पृथकतावादी सक्रिय छन् । उनीहरु पाकिस्तानबाट स्वतन्त्रता चाहन्छन् । बलूचिस्तानको पृथकतावादी क्षेत्रमा चीनको ठुलो परियोजनाको विरोधसमेत गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *