विदेश

भारतमा तेस्रो चरणको खोप अभियानको तयारी, पूर्वप्रधानमन्त्री सिंह अस्पताल भर्ना

हिमालय टिभी
२०७८ वैशाख ७ गते ९:३२
भारतमा तेस्रो चरणको खोप अभियानको तयारी, पूर्वप्रधानमन्त्री सिंह अस्पताल भर्ना

७ वैशाख २०७८ नयाँ दिल्ली । भारत सरकारले तेस्रो चरणको खोप अभियानअन्तर्गत १८ वर्षमाथिका व्यक्तिहरुलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा हिजो बसेको बैठकले मे महिनाको १ तारिखदेखि १८ वर्षभन्दामाथिका उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको हो । भारतमा १ मेदेखि तेस्रो चरणको खोप अभियान पनि शुरु हुँदैछ । अहिले भारतमा ४५ वर्षभन्दामाथिका ५९ वर्ष ननाघेकाहरुलाई खोप दिइँदैछ ।

यसैबीच भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना हुनुभएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको हो ।

पूर्व प्रधानमन्त्री सिंहको उमेरलाई ध्यानमा राखी राजधानी दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको बताइएको छ । भारतमा बढ्दो कोरोनाको दरकाकारण विभिन्न राज्यमा लकडाउनको घोषणा गरिएको छ ।

बिरामीहरुलाई उपचारमा समस्या हुने र अस्पतालका बेडहरु भरिएपछि अवस्था भयावह बन्दै गर्दा भारतका विभिन्न राज्य र शहरमा कडाइ गरिएको छ ।

यस्तै, इलाहाबाद हाईकोर्टले उत्तर प्रदेशको पाँच सबैभन्दा बढी कोरोना प्रभावित शहरमा २६ अप्रिलसम्म पूर्ण लकडाउन गर्न आदेश दिएको छ ।उत्तर प्रदेशको लखनऊ, गोरखपुर, प्रयागराज, वाराणसी र कानपुरमा सोमवार रातिदेखि नै लकडाउन लगाउन भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *