विदेश

भारतमा कोरोना झनै भयावह बन्दै, अक्सिजन अभावमा नागरिक ज्यान गुमाउन बाध्य

हिमालय टिभी
२०७८ वैशाख ७ गते ७:२८
भारतमा कोरोना झनै भयावह बन्दै, अक्सिजन अभावमा नागरिक ज्यान गुमाउन बाध्य

७ वैशाख २०७८ नयाँ दिल्ली । कोराना महामारीले छिमेकी मुलुक भारतको अवस्था दिनदिनै भयावह हुँदै भइरहेको छ ।

संक्रमणबाट राजधानी दिल्ली र उत्तर प्रदेशमा अधिकांश अस्पताल भरिएका छन् । त्यस्तै अक्सिजनको कमीका कारण धेरै मानिसको मृत्यु हुन थालेको भारतीय संचार माध्यमले जनाएका छन् ।

संक्रमण अत्याधिक भएको भन्दै दिल्लीमा गएरातिदेखि एक साताको लकडाउन लगाइएको छ । संक्रमण नियन्त्रण बाहिर गएको भन्दै मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउन गर्नुपरेको बताए ।

दिल्लीमा लकडाउनको घोषणा भएसँगै घर फर्किने मानिसका कारण रेल स्टेशन, बसपार्कमा भीड अत्याधिक बढेको थियो । लकडाउनको अवधिमा अत्यावश्यक सेवा बाहेक सबै व्यापार व्यवसाय बन्द हुनेछन् ।

यसैबीच पछिल्लो पटक त्यहाँ लगातार छैठौं दिन पनि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख भन्दा माथि रह्यो । पछिल्लो पटक करिब त्यहाँ २ लाख ५७ हजार जनामा संक्रमण पुष्टि भएको छ ।

अघिल्लो दिन संक्रमितको संख्या २ लाख ७५ हजार भन्दा बढी रहेको थियो । यस्तै पछिल्लो समय त्यहाँ १७ सय भन्दा बढीले ज्यान गुमाए ।

अघिल्लो दिन १६ सय भन्दा बढीको मृत्यु भएको थियो । भारतमा एकै दिन संक्रमित तथा मृत्यु हुनेको संख्या विश्वमै बढी हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *