विदेश

कोरोना संक्रमण बढेपछि भारतको राजधानी दिल्लीमा साताब्यापी लकडाउन घोषणा

हिमालय टिभी
२०७८ वैशाख ६ गते १७:४९
कोरोना संक्रमण बढेपछि भारतको राजधानी दिल्लीमा साताब्यापी लकडाउन घोषणा

६ वैशाख २०७८ नयाँ दिल्ली । कोराना महामारीले छिमेकी मुलुक भारतको अवस्था नाजुक भएको छ । त्यहाँ संक्रमणबाट मृत्यु भएकाको अन्त्येष्टि गर्ने स्थान समेत नहुँदा पालो पर्खनुपर्ने अवस्था आएको छ ।

राजधानी दिल्ली र उत्तर प्रदेशमा सबै अस्पताल भरिएका छन् । अक्सिजनको कमीका कारण नागरिक भकाभक मर्न थालेको भारतीय संचार माध्यमले जनाएका छन् ।

दिल्लीमा आज रातीदेखि एक साता लकडाउन घोषणा गरिएको छ । संक्रमण नियन्त्रणबाहिर रहेको भन्दै मुख्यमन्त्री अरविन्द केजरीवालले आज राती १० बजेदेखि लकडाउनको घोषणा गरेका हुन् ।

यो लकडाउन सोमबारसम्म जारी रहनेछ । टेलिभिजन सम्बोधन गर्दै केजरीवालले स्वास्थ्य प्रणाली गम्भीर संकटमा परेकाले लकडाउन गर्नुपरेको बताएका छन् ।

लकडाउनको अवधिमा अत्यावस्यक सेवाबाहेक सबै व्यापार व्यवसाय बन्द हुनेछन् । लकडाउन हुने खबर पाएपछि अहिले दिल्ली छोडेर आफ्नो घर जाने मानिसको भिड बढ्न थालेको छ । त्यहाँका रेल र बस स्टेसनमा ठुलो भीड जम्मा भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

भारतमा लगातार पाँचौ दिन पनि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख भन्दा माथि छ । पछिल्लो पटक एकैदिन २ लाख ७५ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

यस्तै एकैदिन १६ सयभन्दा बढीको ज्यान गएको छ । बिहार राज्यका पूर्व शिक्षामन्त्री मेवालाल चौधरीको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *