विदेश

भारतमा भयावह बन्दै कोरोना, एकैदिन दुई लाख १७ हजार जनामा संक्रमण पुष्टि

हिमालय टिभी
२०७८ वैशाख ३ गते ७:५४
भारतमा भयावह बन्दै कोरोना, एकैदिन दुई लाख १७ हजार जनामा संक्रमण पुष्टि

३ वैशाख २०७८ नयाँ दिल्ली । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट अहिलेसम्मकै धेरै मानिस संक्रमित भएका छन् ।

भारतमा गएको २४ घण्टामा करिब २ लाख १७ हजार जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणको दोस्रो लहर दिनहुँ भयावह भइरहेको भारतमा कोरोना संक्रमित हुनेले दिन दिनै नयाँ रेकर्ड बनाइरहेको छ ।

यसअघि हिजो मात्रै त्यहाँ झण्डै दुई लाख जनामा संक्रमण पुष्टि भएको थियो । यससँगै त्यहाँ संक्रमितको संख्या १ करोड ४२ लाख ८७ हजार नाघेको छ ।

त्यस्तै सक्रिय संक्रमितको संख्या १५ लाख भन्दा बढी हुँदा संक्रमणमुक्त हुने १ करोड २५ लाख नाघेका छन् । संक्रमण कम गर्न त्यहाँ अधिकांश राज्यमा स्वास्थ्यका कडा मापदण्ड लागू गरिएका छन् । कैयन् राज्यमा लकडाउन जारी लगाइनुका साथै रात्रिकालिन कफर्यु लागू छ ।

पछिल्लो पटक कोरोना संक्रमण तीव्र बनेपछि केन्द्रीय राजधानी समेत रहेको नयाँ दिल्लीमा हिजोदेखि निशेधाज्ञा जारी गरिएको छ। पछिल्लो पटक विश्वभर ८ लाख २९ हजार भन्दा बढी कोरोनाका संक्रमित थपिए ।

भारतपछि ब्राजिलमा ८० हजार, अमेरिकामा ७२ हजार, टर्कीमा ६१ हजार तथा फ्रान्समा ३८ हजार भन्दा बढी संक्रमित भए । सोही अवधिमा संक्रमणबाट सबैभन्दा बढी ब्राजिलमा ३ हजार ७ सय भन्दा बढीले ज्यान गुमाए ।

ब्राजिलपछि भारतमा एक हजार १ सय तथा अमेरिकामा ८ सय भन्दा बढीको मृत्यु भयो । पछिल्लो पटक विश्वमा कोरोना संक्रमित मध्ये १३ हजार ७ सय जनाले ज्यान गुमाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *