विदेश

डेनमार्कमा एस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप लगाउन रोक

हिमालय टिभी
२०७८ वैशाख २ गते ९:२३
डेनमार्कमा एस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप लगाउन रोक

२ वैशाख २०७८ डेनमार्क । डेनमार्कले एस्ट्राजेनेकाले विकास गरेको कोरोनाविरुद्धको खोप तत्कालका लागि बन्द गरेको छ ।

बेलायतको अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको कोरोनाविरुद्धको खोपले मानिसहरुमा समस्या देखिएपछि डेनमार्कले तत्कालका लागि खोप लगाउन रोक लगाउने निर्णय गरेको हो ।

डेनिश स्वास्थ्य प्राधिकरणले “दुर्लभ, तर गम्भीर” साइड इफेक्ट देखिएकाले खोप लगाउन रोक लगाउन परेको बताएको छ ।

गत शनिबार यो खोप लगाएपछि एक जनाको मृत्यु भएको थियो। यो निर्णयसँगै एस्ट्राजेनेका खोपबाट हात झिक्ने डेनमार्क यूरोपियन युनियनभित्रको पहिलो राष्ट्र समेत बनेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *