विदेश

भारतमा एकैदिन झण्डै दुई लाख जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७८ वैशाख २ गते ७:५८
भारतमा एकैदिन झण्डै दुई लाख जनामा कोरोना संक्रमण पुष्टि

२ वैशाख २०७८ नयाँ दिल्ली । छिमेकी देश भारतमा पछिल्लो पटक झण्डै दुई लाख कोरोना भाइरसका संक्रमित फेला परेका छन् ।

बितेको २४ घण्टामा त्यहाँ १ लाख ९९ हजार ५ सय भन्दा बढीमा संक्रमण पुष्टि भएको हो । विश्वमा कोरोना महामारी शुरु भएयता भारतमा एकैदिन संक्रमित हुने यो संख्या अहिलेसम्मकै उच्च हो ।

यसहघि हिजो मात्रै त्यहाँ १ लाख ८५ हजार भन्दा बढी संक्रमित थपिएका थिए । संक्रमणको दोस्रो लहर विश्वभर नै दिनहुँ भयावह हुँदा त्यसबाट भारत सबैभन्दा बढी प्रभावित भएको छ ।

भारतमा संक्रमितको संख्या १ करोड ४० लाख ७० हजार नाघेको छ । त्यस्तै सक्रिय संक्रमितको संख्या १४ लाख ७१ हजार भन्दा बढी हुँदा संक्रमणमुक्त हुने १ करोड २४ लाख नाघेका छन् ।

भारतपछि अमेरिकामा ७८ हजार, ब्राजिलमा ७५ हजार, टर्कीमा ६२ तथा फ्रान्समा ४३ हजार भन्दा बढी संक्रमित भए । पछिल्लो पटक विश्वभर ८ लाख ३ हजार भन्दा बढी कोरोनाका संक्रमित थपिए ।

सोही अवधिमा संक्रमणबाट सबैभन्दा बढी ब्राजिलमा ३ हजार ४ सय भन्दा बढीले ज्यान गुमाए ।

त्यस्तै भारतमा एक हजार तथा अमेरिकामा ९ सय भन्दा बढीको मृत्यु भयो । पछिल्लो पटक विश्वमा कोरोना संक्रमित मध्ये झण्डै १३ हजार ५ सय जनाले ज्यान गुमाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *