विदेश
अमेरिकी सेनाले सेप्टेम्बर ११ तारिखमा अफगानिस्तान छोड्ने
२०७८ वैशाख १ गते ७:२८

१ वैशाख २०७८ न्युयोर्क । अमेरिकी सेनाले सेप्टेम्बर ११ तारिखमा अफगानिस्तान छोड्ने तय भएको छ ।
यससम्बन्धमा आज राष्ट्रपति जो बाइडेनले औपचारिक घोषणा गर्दैछन् । अघिल्लो वर्ष तालिबान र ट्रम्प प्रशासनबीच अमेरिकी सेनाले मे महिनाभित्रमा सबै सेना फिर्ता लैजाने सहमति भएको थियो ।
उक्त समय सीमाभित्र यो सम्भव नहुने भएपछि जो बाइडेनले आज नयाँ मिति घोषणा गर्दैछन् ।
सन् २००१ मा वल्र्ड ट्रेड सेन्टर र पेन्टागनमा हमला भएको २०औं वर्ष पूरा हुँदैछ । त्यसैले नयाँ मिति अमेरिकाका लागि निकै महत्वपूर्ण छ ।
यसबारेमा अमेरिका र नेटो सेनाले तालिबानलाई जानकारी गराइसकेको बताइएको छ ।
यसबीचमा अमेरिकी सेनामाथि कुनै प्रकारको आक्रमण भएमा तालिबानले नराम्रो नतिजाको सामना गर्नुपर्ने चेतावनी अमेरिकाको छ ।
प्रतिक्रिया