विदेश
भारतको उत्तर प्रदेशमा ३० अप्रिलसम्म विद्यालय बन्द
२०७७ चैत ३० गते ९:०९
३० चैत २०७७ लखनउ । भारतको उत्तर प्रदेश सरकारले अप्रिल ३० सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना संङक्रमण बढ्दै गएको भन्दै सरकारले ५ सयभन्दा सक्रिय संक्रमित भएका जिल्लामा रात्रिकालिन कर्फ्य लगाउने पनि बताइएको छ ।
त्यस्तै सरकारले खुल्ला स्थानमा १ सय र बन्द स्थानमा ५० जनाभन्दा बढी सहभागी हुन पाउने निर्णय गरेको छ ।
आइतबार मात्र उत्तर प्रदेशमा १५ हजार ३ सय ५३ कोरोनाका नयाँ बिरामी देखा परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
प्रतिक्रिया