विदेश

इरानको परमाणु केन्द्रमा आतंकवादी गतिविधिका कारण क्षति

हिमालय टिभी
२०७७ चैत ३० गते ८:१९
इरानको परमाणु केन्द्रमा आतंकवादी गतिविधिका कारण क्षति

३० चैत २०७७ इरान । इरानको एक परमाणु केन्द्रमा आतंकवादी गतिविधिका कारण क्षति पुगेको छ ।

नाताञ्ज परमाणु केन्द्र आतंकवादी गतिविधिको निशानामा परेको इरानी एक शीर्ष परमाणु अधिकारीले बताएका छन् । इरानले युरेनियम प्रशोधन तथा भण्डारणका लागि नयाँ उपकरण सार्वजनिक गरेको एक दिनपछि नै केन्द्रमा नोक्सानी हुने गरि घटना भएको हो ।

शनिबार मात्रै इरानी राष्ट्रपति हसन रुहानीले नयाँ सेन्ट्रिफ्यूजको उद्घाटन गरेका थिए । राजधानी तेहरानदेखि दक्षिण अवस्थित उक्त केन्द्रमा इरानले युरेनियमलाई अझ बढी मात्रामा संवर्द्धन गर्ने सेन्ट्रीफ्यूजहरू चलाउन थालेको थियो ।

आक्रमणलाई आतंकवादी गतिविधि बताएपनि इरानले यसमा संलग्नबारे भने केही नभनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

उता इजरायली सञ्चारमाध्यमले घटना इजरायली साइबर हमलाको परिणाम भएको उल्लेख गरेका छन् । तर इजरायलले घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन । सन् २ हजार १५ को परमाणु सम्झौतालाई पुनर्जीवित बनाउने कूटनीतिक पहल भइरहेका बेला पछिल्लो घटना भएको हो ।

सन् २ हजार १८ मा अमेरिकी राष्ट्पति डोनाल्ड ट्रम्पको पालामा अमेरिका परमाणु सम्झौताबाट बाहिरिएपछि इरानले आफ्नो आणविक क्षमता थप बढाइरहेको थियो । तर वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनले परमाणु सम्झौता पुनर्जीवित गर्ने पहल गरिरहेका छन् ।

गत वर्ष पनि नाताञ्जकै भूमिगत परमाणु केन्द्रमा लागेको आगोलाई अधिकारीहरूले साइबर हमलाको परिणाम भएको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *