विदेश

भारतमा भयावह बन्दै कोरोना, एकैदिन १ लाख ५३ हजार संक्रमित

हिमालय टिभी
२०७७ चैत २९ गते ७:४५
भारतमा भयावह बन्दै कोरोना, एकैदिन १ लाख ५३ हजार संक्रमित

२९ चैत २०७७ नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट अहिलेसम्मकै धेरै मानिस संक्रमित भएका छन् ।

भारतमा पछिल्लो पटक झण्डै १ लाख ५३ हजार जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणको दोस्रो लहर दिनहुँ भयावह बनिरहेको भारतमा संक्रमित हुनेको संख्या विश्वमै सबैभन्दा बढी हो ।

अघिल्लो दिनमात्रै त्यहाँ करिब एक लाख ४५ हजार जनामा संक्रमण भएको थियो । पछिल्लो पटक विश्वभर करिब ६ लाख ५८ हजारभन्दा बढी संक्रमित थपिए ।

भारतपछि ब्राजिलमा ६९ हजार, अमेरिकामा ६६ हजार तथा टर्कीमा ५२ हजार भन्दा बढी संक्रमित भए । सोही अवधिमा संक्रमणबाट सबैभन्दा बढी ब्राजिलमा २ हजार ५ सय भन्दा बढीले ज्यान गुमाए ।

अघिल्लो दिन त्यहाँ ३ हजार ६ सय भन्दा बढीको मृत्यु भएको थियो । ब्राजिलपछि भारतमा झण्डै ९ सय, अमेरिकामा र पोल्याण्डमा ७ सय बढीले ज्यान गुमाए ।

पछिल्लो पटक विश्वमा कोरोनाका कारण थप ११ हजारभन्दा बढीको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *