विदेश

भारतमा कोरोना संक्रमितको संख्या यो वर्षकै उच्च विन्दुमा

हिमालय टिभी
२०७७ चैत २८ गते ८:११
भारतमा कोरोना संक्रमितको संख्या यो वर्षकै उच्च विन्दुमा

२८ चैत २०७७ काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या यस वर्षकै उच्च विन्दुमा पुगेको छ ।

कोरोना संक्रमणको दोस्रो लहर शुरुसँगै भारतमा संक्रमित हुनेको संख्या दिनहुँ उच्चरुपमा बढिरहेको छ। पछिल्लो २४ घण्टामा त्यहाँ विश्वमै सबैभन्दा धेरै करिब एक लाख ४५ हजार जनामा संक्रमण पुष्टि भएको छ ।

यसअघि बिहिबार मात्रै त्यहाँ झण्डै १ लाख ३२ हजार जना संक्रमित थपिएका थिए । मानिसहरुले मास्क, स्यानिटाइजरलगायतका सुरक्षाका सामग्रको प्रयोग नगर्दा संक्रमण दर ह्वात्तै बढिरहेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

पछिल्लो पटक विश्वभर करिब ८ लाख जना संक्रमित थपिए । भारतपछि ब्राजिलमा ८९ हजार, अमेरिकामा ८३ हजार, टर्कीमा ५५ हजार तथा फ्रान्समा ४१ हजार भन्दा बढी संक्रमित भए ।

सोही अवधिमा संक्रमणबाट सबैभन्दा बढी ब्राजिलमा ३ हजार ६ सय भन्दा बढीको मृत्यु भयो ।

ब्राजिलपछि अमेरिकामा ९ सय बढी तथा भारतमा झण्डै ८ सय तथा इटालीमा ७ सय बढीले ज्यान गुमाए । यस्तै विश्वभर १३ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *