विदेश
बेलायती राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन
२०७७ चैत २७ गते १७:२८
२७ चैत २०७७ लण्डन । बेलायती राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको छ ।
बेलायतको राजदरबारले विज्ञप्तिमार्फत राजकुमार फिलिपको निधन भएको पुष्टि गरेको छ। महारानी एलिजाबेथ गहिरो दुखका साथ आफ्ना प्रिय पतिको निधनको घोषणा गरेको बेलायती राजदरबारको विज्ञप्तिमा उल्लेख छ ।
केही समययता राजकुमार फिलिपको स्वास्थ्य खस्किँदै गएको थियो । सन् २०१७ देखि स्वास्थ्यकै कारण देखाएर फिलिपले जिम्मेवारी छाड्दै गएका थिए ।
प्रतिक्रिया