विदेश

भारतमा कोरोना संक्रमितको संख्या यो वर्षकै उच्चविन्दुमा

हिमालय टिभी
२०७७ चैत २६ गते ९:२८
भारतमा कोरोना संक्रमितको संख्या यो वर्षकै उच्चविन्दुमा

२६ चैत २०७७ लण्डन । छिमेकी देश भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या यस वर्षकै उच्च विन्दुमा पुगेको छ ।

महामारीको दोस्रो लहरबाट प्रभावित भारतमा पछिल्लो २४ घण्टामा भारतमा १ लाख २६ हजार भन्दा बढीमा संक्रमण भएको हो ।

संक्रमणको दोस्रो लहरबाट सबैभन्दा बढी प्रभावित भारतमा एकैदिन संक्रमित हुने यो संख्या सन् २ हजार २१ कै उच्च हो भने विश्वमै पनि सबैभन्दा धेरै हो । यसअघि त्यहाँ मंगलबार सबैभन्दा बढी १ लाख १५ हजारभन्दा धेरै संक्रमित थपिएका थिए ।

त्यस्तै गत आइतबार मात्रै १ लाख ३ हजार भन्दा धेरै जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो पटक विश्वभर ६ लाख ५१ हजार भन्दा बढी कोरोनाका संक्रमित थपिए । भारतपछि ब्राजिलमा झण्डै एक लाख, अमेरिकामा ७५ हजार तथा टर्कीमा ५४ हजार भन्दा बढी संक्रमित भए ।

त्यस्तै पछिल्लो पटक सबैभन्दा बढी ब्राजिलमा झण्डै ३ हजार ८ सय जनाको मृत्यु भयो । अघिल्लो दिन त्यहाँ ४ हजार भन्दा बढीले ज्यान गुमाएका थिए । त्यस्तै अमेरिकामा ८ सय ७३ तथा भारतमा ६ सय ८४ जनाको मृत्यु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *