राजदूतलाई नै दूतावासमा छिर्न नदिएको गुनासो

Himalaya Television
२०७७ चैत २६ गते ८:२९

राजदूतलाई नै दूतावासमा छिर्न नदिएको गुनासो

२६ चैत २०७७ लण्डन । बेलायतको लण्डनमा म्यानमारका राजदूतले आफूलाई आफ्नो दूतावास प्रवेश गर्न नदिएको बताएका छन् ।

राजदूतावासका कर्मचारीहरुलाई भवन छाड्न भनिएको र आफू बेलायतका लागि म्यानमारको प्रतिनिधि नभएको बताइएको राजदूत क्याउ ज्वर मिनले बताए ।

उनलाई देशको प्रतिनिधि नभएको भन्दै कार्यालय छोड्न भनिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनलाई दूतावास बाहिरै बन्द गरिएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

मिनले म्यानमारमा सैन्य नजरबन्दमा रहेकी नेतृ आङ् साङ् सु कीको रिहाइको माग गर्दै आइरहेका छन् । मध्य लण्डनमा भएको यस प्रकारको घटना एक प्रकारको कू भएको बताउँदै मान्यत नहुने उनले बताए । म्यानमारमा सेनाले गएको फेब्रुअरी एक तारिखमा कू गरेको थियो ।

शीर्ष नेतालाई नजरबन्दमा राखिएको सैन्य कू विरुद्ध अझै विरोध प्रदर्शन भइरहेकोा छन् । म्यानमारमा भइरहेको प्रदर्शनमा अहिलेसम्म पाँच सय ८० जनाको मृत्यु भैसकेको छ । त्यहाँ हिजो एकै दिन १३ जनाको मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs