विदेश

भारतमा थप १ लाख १५ हजार २ सय ६९ जनामा कोरोना भाइरसको सङ्क्रमण

हिमालय टिभी
२०७७ चैत २५ गते ९:२४
भारतमा थप १ लाख १५ हजार २ सय ६९ जनामा कोरोना भाइरसको सङ्क्रमण

२५ चैत २०७७ नयाँ दिल्ली । भारतमा थप १ लाख १५ हजार २ सय ६९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

२४ घण्टामा सङ्क्रमण पुष्टि हुनेको यो सङ्ख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि गत (सोमबार) चैत्र २३ मा भारतमा दोस्रो धेरै १ लाख ३ हजार ७ सय ९३ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

पछिल्लो वृद्धिसँगै त्यहाँ सङ्क्रमितको सङ्ख्या १ करोड २७ लाख ९९ हजार ७ सय ४६ पुगेको छ । हालसम्म भारतमा १ करोड १७ लाख ८९ हजार ७ सय ५९ जना सङ्क्रमणमुक्त भएका छन् ।

अब भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ८ लाख ४३ हजार ७ सय ७९ छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको सङ्ख्या १ लाख ६६ हजार २०८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ६३१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *