विदेश
भारतको पाँच राज्यमा आज विधानसभाको निर्वाचन हुँदै
२०७७ चैत २४ गते ९:२३
२४ चैत २०७७ नयाँ दिल्ली । भारतको पाँच राज्यमा आज विधानसभाको निर्वाचन हुँदैछ । चार राज्य र एक केन्द्र सासित राज्यमा गरी आज पाँच विधानसभाको निर्वाचन भइरहेको छ ।
बिहान ७ बजेदेखि सुरु भएको निर्वाचनमा ४ सय ७५ सिटका लागि मतदात जारी छ । मतदानमा झन्डै १० करोड मतदाता सहभागि हुने बताइएको छ ।
पश्चिम बंगालमा तेस्रो चरणका लागि ३ जिल्लाको ३१ सिट, असाममा अन्तिम चरणका लागि ४० सिट, केरलमा सबै १ सय ४० सिट, तमिलनाडूको सबै २ सय ३४ सिट र पुदुचेरीमा सबै ३० सिटका लागि मतदान भइरहेको छ ।
विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी, कांग्रेस, एनडीए, युपिए लगायत १० भन्दा बढी दलहरु सहभागी छन् ।
प्रतिक्रिया