विदेश

माओवादीको भिषण आक्रमणमा २२ सुरक्षाकर्मीको मृत्यु, ३२ जना घाइते

हिमालय टिभी
२०७७ चैत २२ गते १६:२४
माओवादीको भिषण आक्रमणमा २२ सुरक्षाकर्मीको मृत्यु, ३२ जना घाइते

२२ चैत २०७७ छत्तीसगढ । भारतमा नक्सलवादी (माओवादी)को आक्रमणमा परेर कम्तिमा पनि २२ सुरक्षाकर्मीको मृत्यु भएको छ । घटनामा ३२ जना घाइते भएका छन् भने एक जना बेपत्ता छन् ।

भारतको छत्तीसगढ राज्यमा माओवादीले प्रहरीको कमाण्डो युनिटलाई धरापमा पारेर गोली चलाउँदा कम्तीमा २२ जना प्रहरीको ज्यान हो ।

बिजापुर जिल्लाको जङ्गली इलाकामा भएको यो घटनामा एकजना जवान हराइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। सुरक्षाकर्मी सँगको सम्पर्क टुटेपछि लगत्तै परिचालित खोजी टोलीले उनीहरूको शव फेला पारेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनापछि ट्वीट गर्दै मृतकका परिवारप्रति संवेदना व्यक्त गरेका छन् । उनले वीर सहिदहरूको बलिदान कहिले पनि नबिर्सिने बताएका छन् ।

छत्तीसगढमा नक्सलवादी भनेर चिनिने माओवादीको सक्रियता धेरै छ । त्यहाँ विगतमा पनि ठूल्ठूला हमला भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *