विदेश
फाइजरले विकास गरेको कोरोनाविरुद्धको खोप किशोरकिशोरीमा प्रभावकारी
२०७७ चैत २२ गते ९:०५
२२ चैत २०७७ न्युयोर्क । अमेरिकी औषधि निर्माता कम्पनी फाइजरले आफूले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप किशोर किशोरीमा निकै प्रभावकारी देखिएको दावी गरेको छ ।
हालै सार्वजनिक भएको अनुसन्धान प्रतिवेदन अनुसार कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेकले विकास गरेको खोप १२ देखि १५ वर्षसम्मका किशोर किशोरीमा अति प्रभावकारी देखिएको हो ।
खोपले सो उमेर समूहका किशोर किशोरीलाई संक्रमणबाट शतप्रतिशत जोगाउने देखिएको फाइजर–बायोएनटेकले जनाएको छ ।गएको बुधबार फाइजर र बायोएनटेकले अध्ययनको संक्षिप्त विवरणसहित वक्तव्य जारी गरेका थिए ।
किशोर किशोरीमा खोप कत्तिको सुरक्षित र प्रभावकारी छ भन्ने विषयमा केन्द्रित भएर गरिएको अध्ययनबाट खोप सुरक्षित प्रभावकारी देखिएको वक्तव्यमा उल्लेख छ ।
प्रतिक्रिया