विदेश
किन राखियो जोर्डनका पूर्वराजकुमार हुसैनलाई घरमै नजरबन्दमा ?
२०७७ चैत २२ गते ८:०३

२२ चैत २०७७ जोर्डन । जोर्डनका पूर्व राजकुमार हमजा बिन हुसैन घरमै नजरबन्दमा राखिएको छ ।
आफूलाई घरमै नजरबन्द राखिएको पूर्व राजकुमार हुसैनको भनाइ छ । सरकारी आलोचकमाथि कारवाहीको अन्तर्गत आफू नजरबन्द परेको उनको दाबी छ ।
विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमलाई पूर्व राजकुमारले आफू नजरबन्दमा परेको बारे जारी गरेको भिडियो टेप पठाइएको छ । राजकुमार हुसैन राजा अब्दुल्लाहका सौतेनी भाइ हुन् ।
देशमा सुरक्षाका कारण कैयन् प्रतिष्ठित व्यक्ति नजरबन्दमा परे सार्वजनिक हुन थालेपछि पूर्व राजकुमार पनि नजबन्दमा रहेको खुलेको हो ।
यसअघि सेनाले उनलाई नजबरन्दमा नराखेको बताएको थियो । उनले देशका नेतामाथि भ्रष्टाचार, असक्षमता र उत्पीडनको आरोप लगाउँदै आएका छन् ।
प्रतिक्रिया